वृद्ध भत्ता हटाउने सरकारको तयारी

बैशाष ६, काठमाडौं — चुनावको वेला मागी खाने भाँडा वनाउने हरेक पाटीको एजेण्डा वृद्ध भत्ता सरकारले हटाउने जमर्काे गरेको छ । उत्पादन नहुने क्षेत्रको लगानी तथा खराब संस्कृतिको संज्ञा दिदै सरकारले वृद्धभत्तालाई हटाउने तयारी गरेको हो।

सरकारले वृद्धभत्ताको ठाउँमा छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति गलत भएको भन्दै रकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा भने ।

२०७४ सालमा सम्पन्न चुनावका वेला वृद्धभत्ता बढाउन दलहरुबीच हानथाप नै भएको थियो । चुनावी घोषणापत्रमा प्रमुख दलहरुले वृद्धभत्ता बढाएर ५ हजार पु¥याउने दाबी गरेका थिए ।

सञ्चारमन्त्री बाँस्कोटाले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने र त्यसपछि यसलाई हटाइने

सन्तानलाई आमाबुवाप्रति उत्तरदायी बनाउने योजना सरकारको भएकाले मन्त्री बाँस्कोटाले भने, ‘जसले कमाउनेछ उसले बाबुआमाको नाममा खाता खोलेर पैसा राख्नुपर्छ यो मापदण्ड बन्दैछ।’