नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा

वैशाख ५, अमेरिका— नेपालले पनि पहिलो पटक अन्तरिक्षमा स्याटेलाइट पठाएको छ । अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेटमा अमेरिकाको भर्जिनयास्थित नासा हेडक्वाटरबाट नेपाली स्याट १ नामक भू(उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

अन्तरिक्षमा स्याटेलाइट पठाउने नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ रहेका छन् । उनीहरुले जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययन गरेको र उक्त स्याटेलाइट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ ।

स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ । यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ ।

त्यही स्याटेलाइट नेपालको पहिलो स्याटलाइट हुनेछ । अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

LIVE ROCKET LAUNCH! We’re sending 7,600 pounds of research, supplies and hardware to the crew members living and working on the International Space Station! Tune in to watch the the launch of Northrop Grumman Corporation’s #Antares rocket carrying the Cygnus spacecraft that the company named in honor of astronaut Roger Chaffee who was selected to fly on the first manned mission of the Apollo program in 1967. Liftoff is scheduled for 4:46 p.m. EDT from NASA's Wallops Flight Facility in Virginia.

Posted by NASA – National Aeronautics and Space Administration on Wednesday, April 17, 2019