वैशाख ५, काठमाडौं — ललितपुरको सैबुँ भैंसेपाटीमा मन्त्रीका लागि नयाँ आवास बनाईने भएको छ । सरकारले मन्त्रीका लागि ललितपुरको सैबुँ भैंसेपाटीमा नयाँ आवास बनाउने ‘योजना तयार गरेको हो ।
सहरी विकास मन्त्रात्रलयले सबै संघीय मन्त्रीका लागि निवास तथा प्रदेशको सम्पर्क कार्यालयसमेत बनाउने गरी ८७ रोपनी १३ आना क्षेत्रफल जग्गा छुट्याएको छ ।
त्यसैगरी प्रदेश अतिथि सदनका लागि सरकारले १९ रोपनी १० आना जग्गा तयार गरिएको छ ।
यसैगरी प्रदेश सरकारको सम्पर्क कार्यालयका लागि २७ रोपनी १२ आना र सेवा कार्यालयहरुका लागि १३ रोपनी १५ आना क्षेत्रफल रहेको जग्गा छुट्यायएको छ ।
भैंसेपाटीमा रहेको करिब १५० रोपनी जग्गामा पूर्वाधारहरु निर्माण गर्ने मन्त्रालयको माष्टर प्लान रहेको छ ।
मन्त्रिपरिषदले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि गरी २७ वटा भवन निर्माण र प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाउने निर्णय मंसिरमै गरेको थियो ।
हाल पुल्चोकमा अवस्थित मन्त्री निवासका १० वटा भवनलाई पनि विस्तार गर्ने सरकारको तयारी छ ।