नवलपरासीको चौधरी ग्राम उद्योगमा वम विष्फोट, अवस्था सामान्य

वैशाख४, नवलपरासी –नवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विस्फोट भएको खबर प्राप्त छ ।
वम विष्फोट भएपनि उद्योगमा केही क्षति भएको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाका अनुसार केही व्यक्तिले बोतलमा बारुद भरेर उद्योगभित्र फ्याकेका थिए ।

घटनास्थलमा प्रहरीले अध्यन गरिसकेको र अवस्था सामान्य रहेको डीएसपी थापाले बताए ।

घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।