वैशाख४, डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाँउपालिकामा आयोजना गरिएको अजयमेरु महोत्सवको उद्घघाटन समारोहको स्जेट नै भाँच्चिदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरु अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त रहेका छन् । तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ ।
समारोहमा मुख्यमन्त्री त्रिलोचन भट्टसहितका पाहुनाहरु पनि स्टेजमै थिए । मुख्यमन्त्रीलाई भने कुनै चोट लागेको छैन । स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेका थिए ।
स्टेज भाँच्चिएपनि पछि फेरि कार्यक्रम सुरु गरी मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरे ।