राष्ट्रिय गौरबको आयोजना पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

वैशाख४, काठमाडौं — तोकिएको समयभन्दा पहिले नै पोखरा विमानस्थल निर्माण हुने भएको छ ।  क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमान पोखरा रन(वे को तोकिएको समयमा निर्माण सम्पन्न भएपछि राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ ।

पोखरा विमानस्थलमा २५ सय मिटरको यो रन(वेमा ढलान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । उनका अनुसाअबको ३० वर्षसम्म यसमा कुनै समस्या आउने छैन ।

विमानस्थलको एप्रोन निर्माण भई ट्याक्सी वे निर्माणको काम पनि भइरहेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा छ ।  सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२० भित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको दावी रहेको छ ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण भइरहेको छ । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तरार्ष्िट्रय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ । ०७१ वैशाख २९ मा ठेक्का पाएको चिनियाँ कम्पनी सीएएमसीले तोकिएको समयमा निर्माण सम्पन्न नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिनपर्ने छ ।