बैशाख, ४ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षाको लब्धाङ्क–पत्रमा पूर्णाङक भन्दा बढी नम्बर आएको पाइएको छ ।
बीएस्सी चौथो वर्षको विषयमा कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर आएको छ ।
छपाई त्रुटिका कारण यस्तो समस्या भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिइसकिएको समेत कार्यालयले जानकारी दिएको छ ।