मन्त्रिपरिषद् बैठकले गर्यो तीन सचिव सरुवा

बैशाख ४, काठमाडौं — सरकारले विभिन्न मन्त्रालय एवं निकायमा कार्यरत तीन जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले सोमबार तीन सचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

बैठकले हालै सहसचिवबाट सचिवमा बढुवा भएका डा हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ भने स्थास्थ्य तथा जनसंख्या मन्त्रालका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ।

त्यसैगरी, बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।