बैशाख ४, काठमाडौं — बुधबार देखि तीन दिनसम्म मौषम बदली हावा, हुरी चट्याङ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।
पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा–असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । महाशाखाले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ ।