रिहा भए पत्रकार अर्जुन गिरी, काउन्सिलद्धारा गल्ती स्वीकार

बैशाख, ३ काठमाडौं — ठगीको आरोप लागेका नेपाल पत्रकार महासंघका कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम र ताण्डव साप्ताहिकका सम्पादकसमेत रहेका अर्जुन गिरी रिहा भएका छन् ।

ठगीको समाचार लेखेको विषयलाई लिएर स्थानीय विपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।
समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमश १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ ।

गिरी पक्राउ हुनुमा प्रेस काउन्सिलको त्रुटी देखिएको छ । प्रेस काउन्सिलले चैत २६ गते वतासलाई पत्र लेखेर ताण्डवन्युज डटकम आजको मितिसम्म काउन्सिलमा सुचिकरणमा नपरेको पत्र थमाएपछि बतास सीआईबी पुगेका थिए तर गिरी पक्राउ परेपछि दर्ता भएको पाइएको छ ।

यतिबेला काउन्सिलले आफ्नो गल्ती स्वीकार गरेको छ । काउन्सिलले आफ्नो कमजोरीप्रति माफी माग्दै सीआईबीलाई ताण्डव न्यूज दर्ता भएको पत्र पठाएको छ ।