वैशाख ११ मा राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै, चिनियाँ समकक्षी सीबीच दुई पक्षीय भेटवार्ता हुने

बैशाख ३, काठमाडौं —राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते छिमेकी जिल्ला चीन भ्रमणमा जाने भएकी छन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन् ।

बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।

सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने भएकी छन् । त्यहाँ उनी बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन् । बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।