बैशाख ३, काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनु पर्ने सुझाव दिएका छन् । तर अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो साता सम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् ।
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ । यो समाचार हामीले आजको राजधानी दैनिकबाट लिएका हौं ।