अण्डर १९ विश्वकप क्रिकेट : नेपाल ओमनसँग भिड्दै

बैशाख, ३ काठमाडौं — अण्डर १९ विश्वकप क्रिकेट अन्तरर्गत एसियाली छनोटको क्रममा आज नेपालले ओमनसंग प्रतिस्पर्धा गर्ने भएको छ । क्वालालाम्पुरस्थित सेलेङगर टर्फ मैदानमा नेपाली समयानुसार बिहान पौने ८ बजे २ राष्ट्रबीचको प्रतिस्पर्धा सुरु हुनेछ । अघिल्ला ३ मध्ये २ मा जित र १ खेल गुमाएको नेपाल चौथो खेलमा ओमनसंग मैदानमा उक्रिने भएको हो ।

६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टोलीले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने उमेर समुहको विश्वकप क्रिकेटमा स्थान बनाउने छन् ।