बैशाष १, काठमाडौं – नयाँ वर्ष २०७६ को अवसर पारेर हङ्गकङ्ग नेपाली अल्पसंख्यक संगठनले आठौ अधिवेशन सम्पन्न गरेको छ ।
संगठनको आठौ अधिवेशन हङकङमा सम्पन्न भएको हो ।
अधिवेसनले संगठनको नयाँ नेतृत्व प िनचयन गरेको छ । हङ्गकङ्ग नेपाली अल्पसंख्यक संगठनको अध्यक्षमा गोविन्द वि .क रहेका छन् ।
त्यसैगरी संगठनको उपाध्यक्ष कर्ण बहादूर वि .क सचिव गोपाल शिवा, कोषध्यक्ष दीपक रसाइली र सह सचिव उपेन्द्र बहादुर विश्वकर्मा रहेका छन् ।
विकास नेपाली, प्रवीण बराईली, सुरज परियार, जगत सार्की राम प्रसाद वि.क, शिला घमाल सीता गजमेर, सन्ध्या भुसाल र रेनुका घमाल संगठनको सदस्य पदमा चयन गरिएका छन् ।
अधिवेसनपछि नेपाली नयाँ वर्ष विक्रम सम्वत २०७६को अवसरलाई हर्षउल्लास पुर्ण रुपमा लिदै एक अर्कामा शुभकामना तथा खुशी आदान प्रदान कार्यक्रम गरिएको छ ।