बैशाख १, काठमाडौं — सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसंगै मृतकको संख्या ३ पुगेको हो ।
.यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो ।
आइतबार बिहान ९ बजे ७ मिनेटमा लुक्लाबाट उड्ने क्रममा समिट एयरको जहाज रनवेबाट चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टमा ठोक्किन पुगेको थियो ।
अपडेट —सोलुखुम्बु जहाज दुर्घटनामा तीनको मुत्यु
