कप्तान विराट कोहलीको ६७ रन, र ५३ बलमा ८ चौका, बैंग्लोरलाई जित

बैशाष १, काठमाडौं – १७४ रनको लक्ष्सँगै ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा चार बल बाँकी हुँदा ६७ रन बनाएको छ ।
कप्तान विराट कोहलीले ६७ रन बनाएर ५३ बलमा ८ चौका प्रहार गरेका हुन् ।

बैंग्लोरका लागि दुई जना खेलाडीले अर्धशतक बनाए । त्यस्तै, एबी डिभिलियर्सले अविजित ५९ रन बनाउँदै बैंग्लोरलाई जित दिलाए । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतमिा १७३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेलले शतक बनाउनबाट एक रनले चुके । उनी ९९ रनमा अविजित रहे । ६४ बलको सामना गरेका गेलले १० चौका र पाँच छक्का प्रहार गरेका थिए ।

जितसँगै बैंग्लोरको दुई अंक रहेको छ । तर प्लेअफमा पुग्ने सम्भवना भने कम छ ।