नयाँ वर्ष विक्रम सम्वत २०७६ साल सुरु, शुभकामना साटासाट

बैशाष १, काठमाडौं – १ आजबाट नयाँ वर्ष २०७६ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देशभित्र र बाहिर बस्ने हरेक नेपालीहरु एकआपसमा शुभकामना साटासाट गरीरहेका छन् ।

गएको वर्षको हरेक सिकाईको मुल्याँकन गर्दै नयाँ वर्षको काम गराईलाई उचाईमा पुरयाउन नयाँ योजना संकल्पहरु ग्रिरएका छन् ।
यस नयाँ वर्षको अवसरमा नेपाल सरकारले पनि सार्वजनिक विदा समेत दिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश(विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशबासीका नाममा सम्बोधन गरेका छन् ।

नेपालीहरु नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने गरेका छन् ।

नयाँ वर्षको दिन विभिन्न मन्दिरहरुमा दर्शनार्थीको भिडभाड र मेला पनि लागिरहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरेको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ ।