विना बैंकिङ प्रणालीद्धारा नेपालमा ९१ प्रतिशत सुन कारोबार

चैत, ३० काठमाडौं — नेपालमा करिब ९१ प्रतिशत सुन बैंकिङ प्रणालीभन्दा बाहिरबाट कारोबार भईरहेको थाहा पाइएएको छ । नेपालमा बैंकिङ भन्दा पनि तस्करीको माध्यमबाट आउने सुनको कारोबार बजारमा उच्च भएकोले यस्तो तथ्य सार्वजनिक भएको हो ।

गत वर्ष मात्रै यो अनुपात ८५ प्रतिशत देखिएको थियो । महालेखा परीक्षकको ५६औं प्रतिवेदनअनुसार नमूनाका रुपमा ५ वटा सुन पसलमा अनुगमन गर्दा ९१ प्रतिशत बाह्य निकाय एवं व्यक्तिबाट खरिद भएको भेटिएको हो ।

व्यक्तिगत रुपमा ल्याइएको सुनको वैधानिकता पनि पुष्टी नभएको र बैंकिङ च्यानलभन्दा बाहरिबाट कर छलेर आउने सुन सस्तोमा खरिद विक्री भइरहेकोले नाफामा गएको पाईएको हो ।

महालेखाको प्रतिवेदनमा व्यवसायीले बजारमा बिक्री गर्ने ९ प्रतिशत सुन मात्रै सरकारले तोकेको बैंकिङ च्यानलबाट आउने गरेको उल्लेख छ ।