चैत, ३० काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा भोली आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले आइतबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजन मार्फत सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।