यू–१९ विश्वकप छनोट — नेपालद्धारा सिंगापुर २१७ ले पराजित

चैत, २९ काठमाडौं — आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तरर्गत एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । २८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरका लागि दुइृ खेलाडीले मात्र दोहोरो अंक बनाउन सकेपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । सिंगापुरका इशान सवनीले २८ र साई भेनुगोपालले १८ रन बनाए । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफले तीन विकेट लिए ।

त्यस्तै, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ सुरु गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो ।