चैत २८, काठमाडौं – हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज देशका सबै स्थानीय तहमा धर्ना दिने भएको छ । राप्रपाले अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको छ । गत मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनसंघर्षका कार्यक्रममा सामान्य संशोधन र केही कार्यत्रम थप गरेको छ ।
हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले आज देशभरका स्थानीय तहमा धर्ना दिंदै
