चैत २८, काठमाडौं — नायिका श्वेता खड्काको सहयोगमा माझी वस्तीमा सुरु भएको पुननिर्माण अन्तिम चणमा पुगेको छ । बिनाशकारी भूकम्पपछि स साना टहरामा कुँजिएर दिन गुजारिरहेका माझीहरुका लागि नायिक खड्काले वस्ती निर्माणमा सहयोग गरेकी हुन् ।
श्वेताको सहयोगमा माझी वस्तीमा घर पुननिर्माण भएपछि माझी समुदाय खुशी भएका छन् । माझी समुदाय खुशी भएर नायिका खड्कालाई माला समेत लगाईदिएका छन् । नायिका खड्काले एउटा घर नभई सिंगो बस्ती निर्माण गर्न सहयोग गरेको बताईन् ।
विवाहव लगत्तै पतिवियोग सहन बाध्य भएकी नायिका खड्काले भूकम्प प्रभावित माझी वस्तीको कथा–सुनेपछि मन पग्लेपछि सहयोगमा लागेकी थिईन् ।
०७२ सालको भूकम्पले सिन्धुपाल्चोकको साविक ठूलो सिरुवारी–९ (हाल चौतारा साँगाचोकगडी नगरपलिका–१४) मा ईन्द्रावतीको छेवैमा ५६ माझी परिवार रहेको वस्ती ध्वस्त बनाएको थियो ।
काठमाडौंबाट जम्मा ७० किलोमिटर टाढा रहेको माझी वस्तीको काम अहिले अन्तिम चरणमा छ । माझी वस्तीमा ५३ वटा भूकम्प प्रतिरोधी घर छन् । जस्ताले छाएका एकतल्ले पक्की घरभित्र ३ कोठा र एक शौचालय छन् । अगाडि बरण्डा र पछाडि करेसाबारी छ ।
सरकारबाट रकम प्राप्त भएपछि वस्तीको बाटो, ढल, साझा शौचालय, पार्क, उद्यान, नाला, मन्दिर, सामुदायिक भवन लगायत बनाउने योजना छ । यसका लागि अहिले डीपीआर र सर्भे भइरहेको छ । वस्ती निर्माण सम्पन्न हुँदा ८ करोड रुपैयाँ लागत पुग्ने अनुमान छ ।
सिन्धुपाल्चोक नायिका श्वेताको दिवंगत श्रीमान श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला रहेको छ ।