सांसद लिङ्देनलाई मार्ने धम्की दिने २ व्यक्ति पक्राउ

चैत २७,काठमाडौं — झापा क्षेत्र नम्बर ३ बाट निर्वा्चित सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा घर भई सामाखुसी बस्दै आएका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।  पराजुलीले बसपार्कमा मजदुरी काम गर्ने रोकायाको नागरिकता प्रयोग गरी सिमकार्ड किनेर सांसद लिङ्देनलाई पटक–पटक धम्की दिएका थिए।

मार्च १७ देखि १९ सम्म लगातार धम्की आएपछि सांसद लिङ्देनले ब्युरोमा मौखिक उजुरी गरेका थिए। सो उजुरीपछि पराजुलीको खोजीमा लागेको प्रहरीले सुरूमा रोकायालाई समातेको थियो। रोकायाले पराजुलीलाई पोलेका थिए।