चैत २७ काठमाडौं – विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली जुटेको छ । करिब ६४ वर्षपछि सगररमाथाका उचाई नाप्न बुधबार सरकारी टोली सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा जाने भएको छ ।
चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।