चैत्र २६ काठमाडौं– प्रेस स्वतन्त्रताको नाममा भईरहेको श्रम शोषण गर्ने प्रवृतिको अन्त्य नगरी नहुने आवाज एक कार्यक्रमका विचमा उठेको छ । नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिले आयोजना गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक कार्यक्रममा यस्तो आवाज उठेको हो ।
पत्रकारले आफ्नो कामको मुल्य पारिश्रमिक दावी गर्दा राजीनामा माग्ने प्रवृति वढेको भन्दै, श्रमजिवि पत्रकारहरुले गुनासो गरिरहेका छन् । यस्ता गुनासोहरुको सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृतिको अव छिटै अन्त्य गर्ने दावी गरे ।
साथै नक्कली कागतपत्रद्धारा स्वतन्त्रताको लडाइँ गर्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि आग्ह गरे । ठूला मिडिया सञ्चालकप्रति आिक्रोश पोख्दै मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा निगरानी गर्ने समेत चेतावनी दिए ।