गरिबी निवारण कोषलाइ परिणाममुखी काम गर्न प्रधामन्त्रीको निर्देशन

चैत २४, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले परिणामुखी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको हो ।

प्रधानमन्त्री ओलीले संस्थाको कुनै पनि कार्यक्रममा भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइएमा सह्य नहुने बताए । ‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुर्पयो, र भ्रष्टाचारका गन्ध आउनुनहुने तथा परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।