चैत २४, बुटवल – बारा पर्साका हावाहुरी प्रभावितले प्रदेश ५ बाट पनि सहयोग पाउने भएका छन् । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक दिने भएका हुन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावितलाई एक दिनको पारिश्रमिक बरारबको राहत रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १५ सय रुपैयाँ हुन आउँछ ।
प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् । यसअघि पनि प्रदेश ५ को सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।