कर्णाली प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितहरुलाई एक करोड सहयोग गर्ने

कर्णाली प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितहरुका लागि एक करोड उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फवाट १ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैयाको रेफर अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।