चैत २३ ,काठमाडाैं-ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । रासस