राष्ट्रिय मुस्लिम आयोग अध्यक्ष सम्मानित

चैत्र २२, काठमाडौ —राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियँ अन्सारी सम्मानित भएका छन ।

शुक्रबार प्रदेश ३को हेटौंडाबजारमा रहेको जामे मस्जिद समितिले विशेष कार्यक्रम गरी अन्सारीलाई सम्मान गरेको हो ।

भर्खरमात्र अध्यक्षमा नियुक्त भएका अन्सारीले आफ्नो कार्यकालमा मुस्लिम समुदायको हित हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय मुस्लिम आयोग संवैधानिक वने पछि अन्सारी पहिलो अध्यक्ष वनेका हुन ।