हवाहुरी प्रभावित बारा र पर्सामा राप्रपा (संयुक्त) द्वारा राहत वितरण

चैत्र २२, काठमाडौ—हावाहुरीका कारण बारा र पर्सा जिल्लामा मृत्यु भएकाका परिवारलाई राप्रपा (संयुक्त)ले लत्ताकपडा र प्रति परिवार १२ हजार राहत प्रदान गरेको छ ।

शुक्रबार कार्यकर्ता सहित प्रभावित क्षेत्र पुगेका अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले मृतकका प्रत्येक परिवारलाई १२ हजारका दरले सहयोग रकम लत्ताकपडा समेत वितरण गरेका हुन् ।

अध्यक्षद्वयले नारायणी उपक्षेत्रीय अस्पतालमा घाइतेहरुलाई फलफूल वितरण गरिएको राप्रपा (संयुक्त) बारा जिल्ला कार्यसमितिले जनाएको छ ।

गत आइतबार आएको हावाहुरीबाट बारा र पर्साका २९ जनाको मृत्यु र ६ सय भन्दा बढी घाइते भएका थिए । प्रभावित क्षेत्रमा घरहरु वन्ने र राहत वितरणको काम भइरहेको छ ।