आमा माया संगै विनिता र विवश गरे आत्महत्या

चैत्र २२, काठमाडौ–चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा १८ मा एक महिला र उनका दुई सन्तानले आत्महत्या गरेका छन ।

चुनौली इलाका प्रहरी कार्यालयका सई कुल प्रसाद शर्माका अनुसार ३५ वर्षिया माया आले, उनकी १५ वर्षिया छोरी विनिता र १३ वर्षिय छोरा विवशको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको हो ।

चिया पसल संचालन गरेकी मायाको पसल विहान अवेर सम्म नखुले पछि छिमेकीले खोजी गर्दा घरमा झुण्डिएको अवस्थामा देखि प्रहरीलाई बिहान साढे ७ वजे तिर खवर गरेको शर्माले वताए ।

श्रीमान तनहु घरमा गएका वेला परिवारका तीन जनाले आत्महत्या गरेको सई शर्माको भनाई छ । उनका अनुसार तीनै जनाको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ । घटनाको अवस्था हेर्दा आत्महत्या नै गरेको देखिने सई शर्माले वताए ।