सामाजिक सञ्जाल गुगल प्लस बन्द

चैत २०, काठमाडौ —फेसबुक र ट्विटरलाई चुनौती दिन खोलेको सामाजिक सञ्जाल गुगल प्लस बन्द भएको छ । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्ड गुगलको असफल सामाजिक सञ्जाल गुगल प्लस मंगलबार बिहानदेखि बन्द गरिएको हो ।

सन् २०११ मा सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लस खोलिएको थियो ।  गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले त्यसमा रुची देखाएनन् । गुगलले सन् २०१८ मा यसका तथ्यांक चोरी भएको सार्वजनिक भएपछि बन्द गर्ने निर्णय गरेको थियो ।सन् २०११ को अन्त्यतिरै आलोचकहरूले गुगल प्लसको ‘मृत्यु’ भएको घोषणा गरेका थिए ।
एजेन्सीको सहयोगमा