मनाइयो ६२ औं सहकारी दिवस

चैत १९, काठमाडौ — आज ६२ औं वर्ष सहकारी दिवस मनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघले आज (मंगलबार) ‘दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी’ मूल नाराका साथ विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा ६२ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम मनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा यो बर्ष सरकारी स्तरबाटै राष्ट्रिय तहमा सहकारी दिवस भव्य रूपमा मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको बताएका छन् । उनले भने ‘हामीले केही बर्षभित्र  नेपाल इतिहासमै सबैभन्दा बढी तिब्र आर्थिक वृद्धि भएको देश भनेर विकास गर्छौ’।

हालसम्म नेपालमा ३५ हजार ५ सय १२ सहकारी संस्थाहरू क्रियाशिल रहेको सहकारी विकास वोर्डका रजिष्टार डा. टोकराज पाण्डेले बताए ।