हावाहुरी कारण मुतक परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

चैत १८, काठमाडौं — प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ ।

सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको हो ।

आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा र पर्सामा ३० जनाको ज्यान गएको छ भने सैयौ घाइते भएका छन् ।