आठौँ राष्ट्रिय खेलकूद वैशाख ५ देखि सुरु

चैत  १६ , काठमाडौ  — आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो ।
नेपालगञ्ज रङ्गशालाको भिआइपी प्याराफिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो ।