चैत १४,काठमाडौ— गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार तैनाथ गरेको छ ।
चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
लगानी सम्मेलनका लागि खटिए ६ हजार सुरक्षाकर्मी
