महामन्त्री कोइराला भन्छन चन्द समूहलाई दबाउने राजनीति ठीक भएन

चैत्र १३, काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लार्ई दबाउने राजनीति ठिक नभएको बताउनुभएको छ ।

वुधवार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कोइरालाले विप्लवलाई प्रतिवन्ध लगाउने काम ठिक नभएको वताएका छन । वार्ता र छलफलबाट समाधान खोज्नु पर्नेमा उनले जोड दिए ।

तत्कालीन माओवादीलाई वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन सकेको सन्दर्भ उल्लेख गर्दै कोइरालाले अहिले चन्दलाई पनि आतंकित नपारेर छलफलमा ल्याउन सक्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।