विप्लवद्वारा १३ गतेबाट चरणबद्ध आन्दोलनको घोषणा

चैत १२, काठमाडौ —नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै बन्दको घोषणा गरेको छ । विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख छ। ।
चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गर्दै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमको मिति समेत सार्वजनिक गरेको छ ।