चैत ११, काठमाडौ – मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अब्दुल सलामले अन्सारीको नियुक्ति बदर गर्नुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनीविरूद्ध संसदीय सुनुवाइ समितिमा नागरिकता नक्कली बनाएको, शैक्षिक प्रमाणपत्र किर्ते भएको तथा अध्यक्ष पदमा सिफारिस हुँदाका बखत राजनीतिक दलको सदस्यता लिएकोलगायतका उजुरी परेको थियो ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट दायर
