लगानी सम्मेलनका लागि उपत्यकामा उच्च सुरक्षा सर्तकता

चैत ११, काठमाडौ – लगानी सम्मेलन नजिकिँदै जाँदा उपत्यकामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् ।

सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुदै छ ।