भारतसँग नेपाल ३–१ ले पराजित

चैत ८, काठमाडौ — महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो ।
विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् ।
चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालको यस पटक पनि उपाधि जित्ने सकेन यसअघिका संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग हार्दै आएको थियो ।