साफ महिला च्याम्पियनसिप फाइनल— नेपालविरुद्ध भारतको अग्रता

.
चैत ८, काठमाडौ —साफ महिला फुटबल च्याम्पियनसिप फाइनलमा नेपाल र भारतको खेल जारी छ

पहिलो हाफमा बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखिएको छ । खेलको ६४ मिनेटमा गोल गर्दै भारतले २ —१ को अग्रता बनाएको छ।

नेपालले ३३ औं मिनेटमा १ —१ को बराबरी गरेको थियो । ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १(१ बराबरी गरेकी हुन्।