समिम मियाँ अन्सारी सहित पाँच आयोगका अध्यक्षले लिए नियुक्ति

चैत ७, काठमाडौ — संवैधानिक परिषद्ले सिफारीस गरेको पाँच आयोगका अध्यक्षलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छिन् ।
राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा वालानन्द पौडेल, समावेशी आयोगमा डा शान्तराज सुवेदी, मधेसी आयोगमा डा विजय कुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लीमा आयोगमा समिम मियाँ अन्सारी नियुक्त भएका हुन् ।

राष्टपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा नवनियुक्त आयोगका अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पद तथा गोपनियताको सपथ गराएका थिए । सिफारीसको ४५ दिन सम्म संसदीय समितिले टुंगो लगाउन नसकेपछि संविधानअनुसार अन्सारी स्वतः नियुक्त भएका हुन् । संवैधानिक परिषदले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले ४५ दिनभित्र निर्णय दिनुपर्छ ।