प्रचण्डलाई पक्राउ माग गर्दै अमेरिकामा उजुरी

चैत ६, काठमाडौ —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ ।

श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा तिलक श्रेष्ठले उजुरी दिएका हुन् । श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन् । उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा रहेको जनाइएको छ ।

उजुरीमा सुरुमा अमेरिकाको आतंकवादी सूचीमा रहेका दाहालले सुरु गरेको युद्धका कारण नेपालमा १७ हजार गरिब नेपालीले ज्यान गुमाएको जनाइएको छ । यो समाचार नागरिक दैनिक बाट साभार गरिएको हो ।