किन्नुस १ रुपैयामा होलिको टिसर्ट

चैत ५, काठमाडौ –मोवाईल एर्प रिचार्जर’ ले होलीको अवसर पारेर एक रुपैयामा टिसर्ट उपलब्ध गराउने भएको छ । ब्रान्ड प्रर्वद्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै अफर ल्याएको बिज्ञप्तिमा बताइएको छ । कम्पनीका अनुशार टिसर्टका लागि बुधबार र बिहिबारको होलीका लागि उपभोक्ताहरुले सोमबार दिँउसो १ बजेदेखि ३ बजेसम्म रिचार्जको मोबाइल एपबाट टिसर्ट खरिद गर्नुपर्ने हुन्छ । यसरी एक रुपैयामा टिसर्ट खरिद गर्नका लागि रिचार्जमा रहेको आफ्नो खाताबाट दुई सय क्यास ब्याकको प्रयोग गर्नुपर्ने हुन्छ । दुई सय क्यास ब्याकसहित एक रुपैया भुक्तान गरेर टिसर्ट किन्न सकिने कम्पनीले बताएको छ ।