कांग्रेस अनुशासन समिति गठन

चैत ५, काठमाडौ – नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

सोमबार राति सकिएको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार आङ्दम्वेको संयोजकत्वमा समिति गठन गरेको हो ।

अनुशासन समितिमा दुई जना सदस्य पनि चयन भएका छन्। केन्द्रीय सदस्य किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् भने दुई जना सदस्य पछि थप गर्ने कांग्रेसले जनाएको छ ।