सिके राउतले नयाँ पार्टी ‘जनमत पार्टी’ गठन गर्ने – बिज्ञप्ती सहित

चैत ४, काठमाडौ –सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी आन्दोलन छाडेको सीके राउत नेतृत्वको स्ववतन्त्र मधेस गठबन्धनले नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।
लाहानमा आइतबार र सोमबार दुई दिन बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)ले संविधानअनुसार ‘जनमत पार्टी’ नाम राखेर दल खोल्ने निर्णय गरेको हो । भेलाले दल दर्ताका लागि राउतको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ ।