अस्थायी शिक्षकले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

चैत, ३ काठमाडौ – अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन् ।
१५ वर्षभन्दा बढि सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिव २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरुद्ध धर्ना, विरोध प्रर्दशन गर्दै आएका छन् ।