कावासोतीमा रोकिएको ट्रकलाई ठक्कर दिदा एक जनाको मृत्यु

 

चैत ३, काठमाडौ– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा रेकिराखेको ट्रकलाई पछाडीवाट अर्को ट्रक्ले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान सवा दुई बजेतिर रोकिराखेको ट्रक ना ७ ख १०९९ लाई पछाडीवाट आएको सेमेन्ट वोकेको ना ६ ख ११९४ नम्बरको ट्रकले ठक्कर दिदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्व नवरपरासीमा कार्यरत प्रहरी नायव निरिक्षक रामनारायण यादवले वताए ।

यादवका अनुसार दाङको जुगेनामा स्थायी घर भएका वर्ष ३० का सुदिप राई र सोही स्थानका २३ वर्षिय विनोद लामा घाइते भएका छन । घाइतेको उपचार भरतपुर अस्पतालमा भइहेको छ ।

उनका अनुरसार मृतकको शव रजक हेल्थपोष्ट कावासोतीमा राखिएको छ ।